दक्ष कामदारका रूपमा कोरिया पठाइँदै नेपाली नर्स

10 Apr, 2018

आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक र कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कारियाले दक्ष कामदारका रूपमा नेपाली नर्सलाई लैजान सकिने संकेत गरेपछि सरकारले पहल अघि बढाएको हो। यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियासँग नेपाली नर्सका लागि रोजगारी दिन अनुरोध गरेको हो।

 

नेपाल सरकारले अदक्ष कामदार मात्र कोरिया गइरहेको भन्दै दक्ष कामदारका रूपमा नर्सलाई रोजगारी दिन अनुरोध गरेपछि कोरियाली पक्ष सकारात्मक रहेको वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024