दक्षिण अफ्रिकामा एक नेपालीको मृत्यु

31 Jul, 2020

दक्षिण अफ्रिकाको जोहन्सबर्गमा एक नेपालीको निधन भएको छ। पाँचथ घर भएका ३४ वर्षिय नियालसन बोखिम लिम्बुको निधन भएको हो। छाति दुखेपछि उनी अस्पताल पुगेका थिए। उपचारकै क्रममा उनको निधन भएको दक्षिण अफ्रिकाका लागि कार्यावाहक राजदूत घनश्याम लम्सालले जानकारी दिए। उनको कोरोना परीक्षण गरिए पनि रिपोर्ट आइनसकेको लम्सालले बताए।

उनी वासीङ पाउडर बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत  रहेको एनआरएनका पूर्वकोषाध्यक्ष हिक्मत थापाले जनकारी दिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024