थाइल्यान्डमा पक्राउ परेका पर्शुराम जेल चलान

25 July, 2019

थाइल्यान्डमा बसेर सयौँ नेपालीलाई ठगी गरेको आरोपमा पक्राउ परेका पर्शुराम गुरुङलाई जेल चलान गरिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतले उनका तीन सहयोगीलाई पनि पुर्पक्षका लागि जेल चलानको आदेश दिइएको हो ।

उनका सहयोगीहरू चक्रबहादुर गुरुङ, देवी गुरुङ र अभिषेक लिम्बूलाई पनि जेल चलान गरिएको छ । अदालतले उनकी सहयोगी विनीता गुरुङलाई भने चार लाख धरौटीमा छाड्ने आदेश दिएको छ । तीन वर्षको प्रयासपछि प्रहरीले पर्शुरामलाई १० जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो । सिआइबीले उनीविरुद्ध मानव बेचबिखन तथा संगठित अपराध मुद्दा चलाएको छ । आफू क्यानडाको पिआर होल्डर भएको र सजिलै क्यानडा लैजाने भन्दैउनले करिब १३ करोड ठगी गरेका थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024