थाइल्याण्ड पढ्न गएका १० नेपालीको उद्धार

23 July, 2019

पढाइका लागि थाइल्याण्ड पुगेका १० नेपालीको उद्धार गरिएको छ। थाइल्याण्ड बैंककस्थित इन्टरनेशनल होटल एण्ड एयरलाइन्स बिजनेस स्कुलमा ‘फुड एण्ड बेभरेज’ विषयको तालिमका लागि उनीहरू त्यहाँ पुगेका थिए।

सम्झौताबमोजिमको तालिम र सुविधा नपाएकाले समस्यामा परेको भन्दै ती विद्यार्थीहरूले बैंककस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। साउन १ गते तीनजना र ३ गते सातजनालाई उद्धार गरी नेपाल पठाइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार उनीहरू बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिजमार्फत् त्यहाँ पुगेका थिए। दूतावासले कन्सल्टेन्सीमार्फत् विदेश पढ्न वा तालिमका लागि आउँदा त्यस्ता शैक्षिक संस्थाको बारेमा विस्तृत जानकारी लिएर मात्र आउन आग्रह गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024