ट्रेड युनियन कांग्रेसमा प्यानल

17 Aug, 2013

नेपाल ट्रेड युनियन कांग्रेसको भावी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ । ९-११ भदौमा चितवनमा हुने कांग्रेस निकट युनियनको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । त्यसका लागि कांग्रेस संस्थापन र देउवा पक्षले आ-आफ्ना प्यालनबाट उम्मेदवार घोषणा गरी प्रचारप्रसार सुरु गरेका छन् । उक्त अधिवेशनबाट २३ वर्षदेखि निरन्तर नेतृत्वमा रहेका लक्ष्मण बस्नेतले भने विश्राम लिने भएका छन् ।

संस्थापन पक्षबाट पुष्कर आचार्य र देउवा पक्षबाट खिलनाथ दाहालको नेतृत्वमा छुट्टाछुट्टै प्यानल मैदानमा उत्रेको छ । आचार्य नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा रामजी कुँवर, खुल्ला २ उपाध्यक्षमा अच्युतराज पाण्डे र गणेश निरौला, अनौपचारिक उपाध्यक्षमा धर्म भण्डारी, महिला उपाध्यक्षमा विष्णु पाण्डे, महासचिवमा महेन्द्र यादव, महिला उपमहासचिवमा कमला शिवाकोटी, उपमहासचविमा सूर्य नेपाल र तेजेन्द्रजंग कार्की, कोषाध्यक्षमा योगेन्द्र कुँवर र सहकोषाध्यक्षमा नेत्रविक्रम थापाको प्यानल मैदानमा उत्रेको छ । यस्तै, दाहाल नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा कृष्ण पौडेल, उपाध्यक्षमा अयोध्या यादव, राधाकान्त देव, महिला उपाध्यक्षमा रमा पौडेल, महासचिवमा धुव्रचन्द्र गौतम, उपमहासचिवमा केदार कोइराला, सञ्जय मिश्र, कोषाध्यक्षमा ऋषभ घिमिरे, सहकोषाध्यक्षमा जनार्दन निरौला छन् । संस्थापन पक्षले आफ्नो प्यानलमा राखेका अच्युतराज पाण्डेले भने आफू अध्यक्षकै उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनलाई मिलाउन संस्थापन पक्षले उपाध्यक्षमा राखेको हो । यस अधिवेशनमा मुलकभरबाट १६ सय प्रतिनिधिले भाग लिँदैछन् । 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024