टोगोमा अलपत्र ६ नेपालीको उद्धार

1 April, 2018

अफ्रिकी मुलुक टोगोमा अलपत्र परेका ६ नेपालीको उद्धार भएको छ । अमेरिका प्रवेश गराउने लोभ देखाएर दलालद्वारा टोगो पुर्‍याइएका उनीहरू ६ महिनादेखि अलपत्र परेका थिए । उनीहरू ११ महिनाअघि नै काठमाडौंबाट हिँडेका थिए । उनीहरूलाई भारत, थाइल्यान्ड हुँदै टोगो पुर्‍याइएको हो । त्यहाँ पुगेपछि लाखांै लिएर अमेरिका पुर्‍याउने दलालहरू सम्पर्कविहीन भएपछि उनीहरू अलपत्र परेका थिए । 

 

उनीहरूलाई गैरआवासीय नेपाली तथा दक्षिण अफ्रिकास्थित नेपाली दूतावासको सहकार्यमा स्वदेश फिर्ता गराइएको परराष्ट्र अधिकारीले जनाए । अमेरिका पुर्‍याएबापत एक जनाबाट २५ लाखदेखि ३५ लाख लिएको जानकारीसमेत मन्त्रालयले पाएको छ । सिन्धुपाल्चोकका जीवन श्रेष्ठ र सोनाम छिरी शेर्पा तथा बागलुङका कमलबहादुर घर्ती, महेश्वर आचार्य, अशोक पौडेल र मनबहादुर पुन त्यहाँबाट काठमाडौं पठाउन लागेको गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले आफ्नो टवीटमा लेखेका छन् । दुई साताअघि परिवारले काठमाडौंमा उनीहरू टोगोमा अलपत्र परेको भनेपछि परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघद्वारा उद्धारको पहल थालिएको थियो ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024