जापानले फेरि निष्काशन गर्‍यो दुई नेपाली

7 May, 2025

काठमाडौं : जापानको अध्यागमन कार्यालयले २ जना नेपालीलाई निष्काशन गरेको छ। जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा पन्त र थापा थरका दुई जना नेपालीलाई यसैसाता निष्काशन गरेको हो।

स्रोतका अनुसार उनीहरूमध्ये पन्तलाई थाइ एयरलायन्स र थापालाई थाइ लायन एयरलायन्सबाट नेपाल फर्काइएको हो। जापान प्रहरीले अध्यागमन कानुन उलंघन गरेको आरोपमा पक्राउ गरी सोधपुछपश्चात नेपाल डिपोर्ट गरेको हो। यद्यपि उनीहरूले कुन-कुन कानुन उल्लंघन गरे भन्ने विषय भने खुलाइएको छैन। उनीहरू यसै साता काठमाडौं आइपुगेको स्रोतको भनाइ छ।

पछिल्लो समय जापानले पनि अवैधरूपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ। विभिन्न प्रवेशाज्ञामा जापान पुगेका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरूसमेत प्रभावित हुन थालेका हुन्।

पछिल्लो समयमा जापान, अमेरिका, मलेसिया, क्यानडा, फ्रान्स, माल्दिभ्स, जर्मनी, दक्षिण कोरयालगायत देशका सरकारले त्यहाँ रहेका विदेशी कामदारहरूमाथि निगरानी बढाउँदै आएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024