जापानमा कृषि मजदुर लैजान छलफल

12 Nov, 2019

पारिश्रमिक र बसोबासको दृष्टिकोणले आकर्षक मानिएको जापान रोजगारीमा कृषि मजदुर पठाउन पहल गरिएको छ।

सोमबार जापानको कृषि, वन र मत्स्य मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकादासँगको छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालबाट कृषि सम्बन्धी काम गर्ने दक्ष जनशक्ति लिएर जापानले लाभ लिन सक्ने बताए। सोही अवसरमा नाकाडाले नेपालबाट कृषि, मत्स्य क्षेत्रमा काम गर्नका लागि श्रमिक लिन जापान इच्छुक रहेको बताए।

अघिल्लो वर्ष जापानको मन्त्रिपरिषद्ले नेपाललाई कामदार आपूर्ति गर्ने स्रोत मुलुकको रूपमा छनोट गरे पनि कामदार लैजानेबारे अपेक्षित प्रगति हुन सकेको छैन। दुई साताअघि नर्सिङ केयरका लागि जापानले कामदार आपूर्ति गर्ने प्रक्रिया अघि बढाए पनि त्यसको नतिजा सार्वजनिक भएको छैन।

जापानले नेपालबाट कति संख्यामा श्रमिक लैजाने भन्नेबारे अझैसम्म यकिन भएको छैन। जापानले विभिन्न नौ मुलुकबाट १४ क्षेत्रमा काम गर्न श्रमिक आपूर्ति गर्ने घोषणा गरे पनि नेपालबाट नर्सिङ केयर र कृषि क्षेत्रमा काम गर्नका लागि श्रमिक जान सक्ने अधिकारीहरू बताउँछन्।

जापानले नेपालाई श्रमिक आपूर्ति गर्ने स्रोत मुलुकको रूपमा छनोट गरेपछि रोजगारीका लागि जान पाइने आशाले हजारौं युवायुवतीले जापानी भाषा र सीप सिकिरहेका छन्। जुनसुकै काममा भए पनि जापान जान एन–४ (मध्यमस्तरको) जापानी भाषा अनिवार्य सिकेको हुनुपर्छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024