जरिवाना तिर्न नसक्दा यूएईबाट नेपाल फर्किन खोजेका १७ नेपाली अलपत्र

1 Sep, 2020

विष्णु घिमिरे

साउदी : कोरोनाको असरबाट अलपत्र परी स्वदेश फिर्ताका लागि तयारी अवस्थामा रहेका १७ नेपाली सोमबार दुबई एरपोर्टमा अलपत्र परेका छन्। नेपाल एयरलाइन्ससको चार्टर

 उडान आर ए २२९२ बाट स्वदेश फिर्ता हुन लाग्दा भिषा अवधि सकिएकालेले तिर्नुपर्ने जरिवाना अध्यागमन स्थलमा तिर्न नसक्दा उनीहरु विमानस्थलबाटै फर्किएका हुन्। 

सरकारले मार्च १ भन्दाअघि भिषा अवधि समाप्त भएकालाई जरिवाना शुल्क तिर्नु नपर्ने र मार्चपछि भिषा अवधि सकिएको हकमा जरिवानाको नियम लागु गरेको थियो। स्वदेश फर्कने यनेपालीले सरकारले तोकेको जरिवना तिर्नुपर्ने, हवाई टिकटको मूल्या  साविकभन्दा बढी तिर्नुपर्ने, समयमा उडान नहुने, हवाई टिकटको नपाउने जस्ता समस्याले गर्दा स्वदेश फर्किने तयारीमा रहेका धेरै नेपाली समस्यामा परेका छन् । उनीहरु लामो समयदेखि यतै बस्ने बाध्य छन्। 

सोमबार भएको चार्टर उडानबाट नेपाल गएका  प्राय नेपाली भिषा  सम्बन्धी  सरकारले तोकेको जरिवाना  शुल्क  तिरी स्वदेश फिर्ता भएका छन् । सोमबारको उडानबाट  २५८ नेपाली  स्वदेश  फिर्ता भएका छन्।

सामाजिक  अभियन्ता  महेश  थापाका अनुसार स्वदेश फिर्ताको  लागि  तयार भएर आएका  नेपालीले अध्यागमन स्थलमा सरकारले  तोकेको जरिवाना तिर्न नसक्दा विमानस्थलबाटै फर्कनु परेका घटना धेरै पटक  भएको जानकारी  दिए ।

कोरोनाको असरबाटअलपत्र परेका नेपाली  युएई सरकारको जरिवानाको नियम र नेपाल सरकारले निर्धारण गरेको उडान तालिकाको अनिश्चितताका कारण निराश रहेको थापाले बताए ।  

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024