घटेन विदेशमा ज्यान गुमाउनेको संख्या ,वैदेशिक रोजगारीको पीडा

20 Sep, 2022

सविता खड्का

वैदेशिक रोजगारीका लागि गएका नेपालीमध्ये मुत्यु हुनेको संख्या वर्षेनी उकालो लागेको छ। सरकारले मृत्युदरलाई कम गर्न सकेको छैन। वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक हजार ४ सय ९२ नेपालीको मृत्यु विदेशमा भएको छ। यो पछिल्ला वर्षहरू भन्दा धेरै हो। कोभिड कालका २ वर्षमा विदेश जानेर मृत्यु हुने नेपालीको संख्या केही कम भए पनि अन्य वर्षमा सधैं बढेको देखिएको छ।

बोर्डका उपसचिव दिपक ढकालले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु प्रत्येक वर्ष बढ्दै गएको जानकारी दिए। ढकालले विदेश जाने नेपालीको संख्या प्रत्येक वर्ष बढिरहे जस्तै मृत्यु हुनेहरू पनि बढेको बताए। बोर्डको तथ्यांक अनुसार आव २०७६–२०७७ मा ६ सय ७२ जना नेपाली कामदारको विदेशमा मृत्यु भएको थियो। आव ०७७÷०७८ मा यो संख्या एक हजार २ सय ४३ पुगेको छ। यो आर्थिक वर्षमा नेपाली कामदारको मृत्यु संख्या एकै वर्षमा दोब्बर भएको देखिन्छ। गत आवमा पनि मृत्यु हुनेको संख्या बढेको छ।

बोर्डका अनुसार गत आव २०७८–७९ मा मृत्यु हुनेको संख्या अघिल्लो वर्ष भन्दा २ सय ४९ जनाले धेरै छ। वैदेशिकरोजगारीको क्रममा सबैभन्दा धेरै नेपाली कामदारको मृत्यु मलेसियामा भएको देखिन्छ। ६ वर्ष यता मात्रै मलेसियामा २ हजार १ सय ५३ जना नेपाली कामदारको मृत्यु भएको जानकारी ढकालले दिए। विदेशमा नेपालीहरूको मृत्यु हुनुमा सडक दुर्घटना, आत्महत्या, औद्योगिक दुर्घटना, आपसी झै–झगडालगायतका कारण देखिएका छन्।

बोर्डका अनुसार आव २०६९/०७० यता वैदेशिकरोजगारीका क्रममा मृत्यु हुनेको संख्या ९ हजार २ सय ३५ पुगेको छ। आव २०६९–७० मा ७ सय ७२ जना नेपालीको विदेशमा मृत्यु भएको थियो। त्यसको १० वर्ष पछि आउँदा गत आवमा एक हजार ४ सय ९२ जनाले विदेशी भूमिमा ज्यान गुमाएका छन्। बोर्डको तथ्यांक अनुसार आव २०७१–७२ मा पहिलो पटक ज्यान गुमाउनेको संख्या एक हजारमाथि पुगेको थियो। त्यो वर्ष विदेशमा काम गर्न गएकामध्ये एक हजार ६ जना नेपालीको मृत्यु भएको थियो। त्यस यता पछिल्ला २ वर्ष मात्र ज्यान गुमाउने नेपालको संख्या एक हजारमाथि पुगेको छ। अन्य वर्षमा भने एक हजार तल नै छ।

यसबाहेक विदेशमारोजगारीमा गएका नेपालको मृत्युबाहेक अंगभंग भएर नेपाल आउने संख्या पनि कम छैन। गत वर्ष मात्र अंगभंग भएर आउनेको संख्या २ सय ७४ पुगेको थियो। सरकारले वैदेशिकरोजगारमा नेपाली युवालाई शारीरिक जाँच तथा विभिन्न चरण पार गरेर पठाउने गरेको छ तर मृत्यु हुने संख्या घट्न सकेकोे छैन। स्वदेशमारोजगारीको अवसर नपाएपछि युवासँग विदेश जानुको विकल्प छैन। यही कारण प्रत्येक वर्ष विदेश जानेको संख्या बढिरहेको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्र करिब ६५ हजार युवा कामको खोजीमा विदेश गएका छन्। यो नयाँर पुनः श्रमस्विकृति गरी जानेको तथ्यांक हो।

अहिले नेपाली युवाहरू खाडीका विभिन्न मुलुकर मलेसियामा जाने गरेका छन्। यी मध्ये खाडीका मुलुकहरूमा गर्मी बढी भए पनि अधिकांश नेपाली कामदारले जोखिमका काम गर्नुपर्ने अवस्था छ। मलेसियाको हावापानी नेपालजस्तै छ तर मृत्यु हुनेको संख्या भने मलेसियामा नै बढी हुने गरेको छ।

सरकारले वैदेशिकरोजगारीको क्रममा मृत्यु हुने क्रम बढेसँगै पीडित परिवारलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ। अहिले कुनै पनि कामदारको विदेशमा मृत्यु भएमा उसका परिवारले बिमार अन्य सुविधा गरी २२ लाख रूपैयाँ पाउँछन्। यसमध्ये कामदारको बिमा बापत १५ लाख रूपैयाँ प्रदान गरिन्छ भनेराज्यले ७ लाख रूपैयाँ अन्य सुविधा उपलब्ध गराउँछ।

बोर्डका अनुसार वैदेशिकरोजगारीमा जाने नेपालीको संख्या ५० लाख भन्दा बढी नाघेको छ। गत आर्थिक वर्षमा मात्र ५ लाख ८० हजार ९ सय ६९ जना पुरुषर ४९ हजार १ सय २८ जना महिला गरी ६ लाख ३० हजार ९७ जनारोजगारीका लागि विदेशिएका छन्। बोर्डको तथ्याङ्क अनुसार २०६३ सालमा वैदेशिकरोजागारीमा जाने महिलाको संख्या ३ सय ९० मात्रै थियो।

सरकारले कामका लागि विदेश गएका नेपाली युवाको मृत्युदरलाई घटाउने प्रयास पनि गरेको छ। विदेशबारे जानकारी दिने, कामको तालिम नलिई विदेश जान नपाइने जस्ता व्यवस्था बोर्डले गरेको छ। सीपको अभावमा विदेशमा नेपाली ठगिने, उचित पारिश्रमिक नपाउनेर अन्तमा आत्महत्या गर्ने क्रम पनि बढेकाले सरकारले सिप सिकाएर मात्रै विदेश पठाउने व्यवस्था गर्न खोजेको हो। यसबाहेक विदेशमा कोमामारहेका नेपालीको उपचारका लागि सरकारले निजी क्षेत्रका अस्पताल मेडिकल कलेजसँग सहकार्य गरिरहेको ढकालले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024