गैरकानुनी रूपमा बस्दै आएका नेपाली कामदारलाई मलेसियन सरकारले भन्यो : यी प्रक्रिया पूरा गर, स्वदेश फर्क

20 July, 2019

मलेसिया सरकारले गैरकानुनी रूपमा बस्दै आएका नेपाली कामदारलाई आफ्नै देशमा फर्कन अवसर दिन ‘प्रोग्राम ब्याक फर गुड’ नामक कार्यक्रम ल्याएको छ।

उक्त कार्यक्रम १ अगष्टदेखि ३१ डिसेम्बरसम्म लागू हुने मलेसियन सरकारले बताएको छ।

सो कार्यक्रममा समावेश हुनको लागि नेपाली कामदारले मलेसिया सरकारलाई जरिवाना स्वरूप ७०० रिङ्गिट, पासपोर्ट नहुनेका लागि एकतर्फी यात्रा अनुमतिपत्र वापत लाग्ने सरकारी राजस्व १६० रिङ्गिट, मलेसियाबाट नेपाल जाँदा लाग्ने हवाइ टिकट आफैंले तिर्नुपर्नेछ।

उक्त कार्यक्रममार्फत् नेपाल फर्कन अन्य कुनै व्यक्ति, संस्था वा संगठनसँग सम्पर्क नगरी सोझै नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने बताइएको छ।

नेपाली राजदूतावासको सम्पर्क नम्बरहरू :

फोन नं. : ००६०३२०२०१८९८, ००६०३२०२०१८९९, ००६०३२०२०१९०१

हट लाइन नं. : ००६०१६२४७२७७७

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024