खाडीबाट अर्धचेतमै फिर्ता

16 Apr, 2012

वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब गएकी धाइजन-६ माइला टोलकी ४५वषर्ीय कुमारी दाहाल चरम मानसिक र शारीरिक यातनापछि अर्धचेत अवस्थामा घरफर्किएकी छन् ।

करिब ५ वर्ष ६ महिनापछि मंगलबार आउँदा आफ्नो घरसमेत चिन्ने अवस्थामाथिइनन् । लामो विदेश बसाइबाट फर्किएकी उनले विदेशबाट कमाएर केही पनि ल्याउनसकिनन्, बरु एउटा आँखासमेत उनले गुमाइन् । घर मालिकको चरम यातनापछि फुटेकोबायाँ आँखा देखाउँदै कुमारीले भनिन्, ‘कुटाइ नखाएको त दिनै हुँदैनथ्यो ।’ उनको बायाँ कान झन्डै चुँडालिएको थियो । हात र खुट्टाका नीलडाम अझै उस्तैछन् ।

पतिको मृत्युपछि चार छोराछोरी पाल्ने जिम्मेवारी उनको काधमा थियो ।त्यसैबेला छिमेकी मनमाया तामाङले लोभ देखाउँदै विदेशमा राम्रो आम्दानी हुनेर छोराछोरी पाल्न गाह्रो नपर्ने भनेपछि उनकै सहयोगमा धाइजनकै प्रसाई थरकीएक महिलाले उनलाई भारतको मुम्बईबाट अवैध रूपमा साउदी पठाएकी थिइन् । ‘एक रुपैयाँ नतिरी विदेश जान पाउँदा किन नजाने भनेर गएँ,’ दाहालसम्भिmन्छिन्, ‘तर त्यहाँ पुगेपछि मात्रै थाहा भयो विदेश भनेको त नर्क रहेछ।’  विदेश भनेको के के न होला भनेर हौसिएकी दाहालले पुगेकै दिनदेखि मालिक रमालिक्नीबाट चरम शारीरिक यातना पाएकी थिइन् । ‘लुगा र भाँडाकुँडाको डंगुर लगाइदिन्थे,’ उनले भनिन्, ‘त्यसमाथि काम ढिलोभयो भनेर कुट्न थाल्थे ।’ उनले ५ वर्षसम्म काम गरेको तलबबापत एक रुपैयाँपनि पाइनन् । साउदी गएपछि सम्पर्कविहीन बनेकी दाहालले घर मालिकको शारीरिकयातना सहन नसकेर कैयौंपटक आत्महत्याको असफल प्रयास पनि गरेकी थिइन् ।

घरका लालावालाको अनुहार सम्भिmएर उनको मन मानेन् । घरबाट फोन आउँदाछोराछोरीसँग कुराकानी गर्न पनि उनलाई  कहिल्यै जुरेन । फोन बज्नेबित्तिकैमालिक आएर फोनै काटिदिन्थ्यो रे । उनी भन्छिन्, ‘घर छाडेर पनि भागे तर फेरि मालिकले पक्राउ गरेर ल्याइहाल्थ्यो ।’

लामो समय सम्पर्कविहीन भएपछि घरमा छोराछोरीले उनलाई माया मारिसकेका रहेछन्। ‘मंगलबार अचानक आमालाई देख्दा हामी अचम्ममा पर्‍यौं, ‘छोरा दीपकले बताए ।दाहालले साउदीमा रहँदा कुनै दिन पेटभरि खाना नखाएको बताइन् । ‘उनीहरूलेखाएर उभि्रएको मात्रै दिन्थे,’ उनले सुनाइन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024