क्यानडा र बेलायत पठाइदिन्छु भन्दै साढे ४५ लाख ठगी गर्ने दुई जना पक्राउ

9 May, 2024

काठमाडौं : क्यानडा र बेलायत पठाइन्छु भन्दै साढे ४५ लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाका ३८ वर्षीय वकिलबहादुर आले र तनहुँका ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो।

आलेले बेरोजगार नेपालीलाई आकर्षक तलबको प्रलोभन देखाएर ३६ लाख ठगी गरेको प्रहरीले जानकारी दिएको छ। उनले प्रतिव्यक्ति १७ लाख खर्च लाग्ने र मासिक १ लाख ८० हजार तलब पाउने प्रलोभन देखाएका थिए। आलेविरुद्ध ६ जनाले जाहेरी दिएपछि प्रहरीले गोरखाबाट पक्राउ गरेको थियो।

त्यस्तै श्रेष्ठले बेलायत पठाइदिन्छु भन्दै २ जनासँग ९ लाख ५० हजार ठगी गरेका थिए। श्रेष्ठले पनि आकर्षक तलबको प्रलोभन देखाएर पैसा लिई फरार बनेका थिए। उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024