कोरोनाका कारण यूएईमा ५ नेपालीको मृत्यु

6 Sep, 2020

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा  थप ५ जना नेपालीको निधन भएको छ।  गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै  युएईका हुन्।  यो सँगै शनिबार साँझसम्म विदेशका विभिन्न  १६ देशमा  संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या  २ सय पुगेको छ।  

स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ।    

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार  जापान, अष्ट्रेलिया  कतार  लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ।  

संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्।    

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत,  दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो।  

हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार  ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ।  ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ।  यो कुल संक्रमित संख्याको  ९४ प्रतिशत हो।    

कोरोना संक्रमणका कारण नेपाल सहितजम्मा ४ सय ८० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ।    

यस्तै विश्वभर ८० हजार २ सय १६ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ६० हजार १ सय १० जना कोरोना मुक्त भएका छन्।   नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७५ प्रतिशत रहेको छ।    

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024