कोरिया भाषा परीक्षा : १५६ जना नक्कली परीक्षार्थी पक्राउ

9 Jun, 2019

तुलसी सुवेदी

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया भाषा परीक्षामा सामेल भएका १५६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । कोरिया शाखाका अनुसार आइतबार १०९ र शनिबार ४७ जना पक्राउ परेका हुन् ।

दुई दिनसम्म सञ्चालन भएको परीक्षामा अनियमितता गर्ने, अरुको परीक्षा दिनेलगायतका कारण एक सय ५६ जना पक्राउ गरिएको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए।  भाषा परीक्षाका लागि फारम भरेका मध्ये आठ हजार एक सय ४१ जना अनुपस्थिति रहे । कोरिया जानका लागि ९२ हजार भन्दा बढीले फारम भरेका थिए । कोरियन भाषा परिक्षाको पहिलो दिन शनिबार ४६ हजार एक सय ९६ जनाले परीक्षा दिनुपर्ने पालो परेकोमा ४ हजार ३७ अनुपस्थित भए भने ४७ जना निष्कासित भएका थिए ।  कोरिया शाखाका अनुसार ८४ हजार दुई सय १५ जनाले कोरिया भाषा परीक्षा दिएका छन्। त्यसमध्ये १० हजार ५० जना मात्रै कोरिया जान पाउने छन्। कोरिया भाषा यसपाली काठमाडौं र पोखराबाट सञ्चालन भएको थियो । पोखराबाट १२ हजार ३४ जनाले परीक्षा दिएको कोरिया शाखाले जानकारी दिएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024