कोरिया जानेको स्वास्थ्य परिक्षण आजदेखि

18 November, 2015

कोरिया जान ईपीएस भाषा परीक्षा पास गरेकाहरूको बुधबारदेखि स्वास्थ्य परीक्षण सुरु हुने भएको छ। स्वास्थ्य परीक्षणमा सफल नभए भाषा परीक्षा पास गरे पनि कोरिया जान पाइदैन । काम गर्न कोरिया जाने तयारी गरेकालाई स्वास्थ्य परीक्षण दोस्रो महत्वपूर्ण खुड्किलो हो।

 

स्वास्थ्य परीक्षामा पास भएपछि मात्र रोजगारदाताले छान्ने सूची रोस्टरमा नाम समावेश गरिने प्रावधान छ। सन् २०१६ मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षा पास गरेका युवाको ईपीएस कोरिया शाखाले बुधबारदेखि एक सातासम्म स्वास्थ्य परीक्षण गर्ने कार्य तालिका बनाएको हो । पाटन अस्पताल, टेकु, सिभिल र कोरियामैत्री अस्पतालबाट मात्र स्वास्थ्य परीक्षण गर्न पाइनेछ। स्वास्थ्य जाँच गरेको रिपोर्ट अस्पतालले सीधै ईपीएस कार्यालयलाई दिनुपर्ने व्यवस्था गरिएको छ। स्वास्थ्य परीक्षणमा सफल भएकाले तेस्रो चरणमा जब एप्लिकेसन फारम भर्नुपर्छ। ईपीएस कोरिया शाखाले मंसिर ६ देखि जब एप्लिकेसन फारम भराउन थाल्नेछ। जब एप्लिकेसन दिँदा एमआरपी पासपोर्ट, परीक्षा दिँदाको प्रवेशपत्र, प्रहरी प्रतिवेदन अनिवार्यरूपमा पेस गर्नुपने छ।

 

स्वास्थ परीक्षणको ५५ अमेरिकी डलर र जब एप्लिकेसनका लागि ६० डलर शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले सन् २०१६ मा कोरिया जान भाषा परीक्षा पास गरेकाहरूको बुधबारदेखि स्वास्थ्य परीक्षण सुरू हुने जानकारी दिए। स्वास्थ्य परीक्षणसँगै मंसिर ६ देखि जब एप्लिकेसन फारम भर्ने व्यवस्था मिलाइएको छु, उनले भने। रोजगारदाताले छनोट गर्ने ठाउँ रोस्टरमा नाम राख्न यी प्रक्रिया पूरा गर्नैपर्ने उनले बताए। 

 

यसैगरी, ईपीएस कोरिया शाखाले मंसिर ९ देखि स्कील टेस्ट परीक्षा सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ। उपत्यकाको तीन स्थान र पोखरामा एक ठाउँबाट स्कील टेस्ट हुनेछ। यो टेस्टमा सीप परीक्षण, अन्तर्वार्ता र शारीरिक तन्दुरुस्तीका बारेमा जानकारी लिइने शाखाका प्रमुख बास्तोलाले जानकारी दिए।दक्षिण कोरिया नेपाली कामदारका लागि रोजगारीको आकर्षक गन्तव्य मुलुक हो।  

 

त्यहाँ जाने व्यक्तिले मासिक न्यूनतम एक लाख नौ हजार कमाउन सक्छ। अनुभव प्राप्त गरिसकेपछि मासिक न्यूनतम डेढ लाखदेखि तीन लाख रूपैयाँसम्म कमाई हुने कोरियामा काम गरिरहेकाहरू बताउँछन्। उत्पादनमूलक र कृषि गरी दुई क्षेत्रमा नेपालीले काम गर्दै आएका छन्। रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरियामा सरकारले नै कामदार पठाउने गरेको छ। प्रशिक्षार्थी कामदारका रूपमा सन् २००८ देखि दक्षिण कोरियामा नेपाली काम गर्न जान थालेका हुन्। कोरियाले यो प्रणालीमार्फत विभिन्न १५ वटा मुलुकबाट कामदार लिने गरेको छ।

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024