कोरियामा पानी जहाजको माग घट्यो

21 June, 2016

नेपाली कामदारलाई असर

 

लिलु डुम्रे

 

कोरियामा पानीजहाजको मागमा उच्च गिरावट आएपछि त्यसको प्रत्येक्ष असर नेपाली कामदारमा पर्ने भएको छ। माग घटेपछि उत्पादक कम्पनीले धमाधम कामदार कटौती गर्न थालेका छन्। ती कम्पनीमा ठूलो संख्यामा नेपाली काम गर्छन्।

 

हुन्डाई इन्डस्ट्रिज कम्पनी, सामसङ हेभी इन्डस्ट्रिज कम्पनी र डेउ सिपबिल्डिङ एन्ड मेरिन इञ्जिनियरिङ कम्पनीमा जहाज उत्पादनमा यस वर्ष गिरावट आएको छ। रोजगार अनुमति प्रणालीमार्फत आएका आठ सय २५ नेपाली कामदार डेउ सिपबिल्डिङ एन्ड मेरिन इञ्जिनियरिङ कम्पनी कार्यरत छन्। अहिले ती कम्पनीले कामदार कटौती सुरु गरेका छन्।

 

हुन्डाई इन्डस्ट्रिज कम्पनीले मे महिनाको पहिलो साता करिब तीन हजार कामदार कटौती गरेको छ भने सामसुङहेभी इन्डस्ट्रिज कम्पनीले स्वेच्छिक अवकाशको योजना ल्याएको छ। डेउ सिपबिल्डिंग एन्ड मेरिन इन्जिनियरिङ कम्पनीले यही जुलाईदेखि मजदुरको सेवा सुविधा कटौतीको नयाँ नियम लागू गर्दैछ। ठूलो संख्यामा डेउ कम्पनीमा आ िश्रत नेपाली कामदार परिवर्तित प्रावधानको मारमा पर्नेछन्।

 

२०१६ को सुरुवातदेखि पानी जहाजको मागमा गिरावट आएको थियो। माग घटेपछि जहाज उत्पादक कम्पनीले गत मार्चदेखि जनशक्ति घटाउँदै लगेका छन्। पानीजहाज उत्पादनमा उल्लेख्य कमी र मूल्य घटाउने दबाबका कारण थप जनशक्ति घट्ने निश्चित छ।

 

२००५ देखि २०१५ सम्म उच्च वृद्धि भएको पानी जहाज निर्माण क्षेत्रमा स्वदेशी र विदेशी गरी करिब एक लाख ९५ हजार कामदारले रोजगारी पाएका छन्। 

 

२००५ देखि २०१५ सम्म उच्च वृद्धि भएको पानी जहाज निर्माण क्षेत्रमा स्वदेशी र विदेशी गरी करिब एक लाख ९५ हजार कामदारले रोजगार पाएका छन्। मागमा आएको गिरावटले तीनवटा कम्पनीलाई ७.७ ट्रिलियन वन घाटा लागेको छ। यसका कारण ६.५ प्रतिशत जीडीपीमा ह्रास आउने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

 

सबएजेन्ट कम्पनीमार्फत कच्चा सामग्री आपूर्ति गर्दै आएका जहाज कम्पनीमा काम घटे पश्चात ती कम्पनीमा निर्भर नेपाली कामदारको काम पनि घटेको छ भने पारि श्रमिकमा उल्लेख्य कमी आएको छ।

 

धेरै नेपाली कार्यरत डेउ कम्पनिले ऋण भार थेग्न नसकि राजधानी सोलको केन्द्र भागमा रहेको २२ तले केन्द्रीय कार्यालय १५ करोड २० लाख अमेरिकी डलरमा गत महिना बिक्री गरेको छ। यो कम्पनिले आफ्ना थप सम्पत्ति पनि बेच्ने तयारी गरिरहेको छ।

 

गत छ महिनामा आएको उत्पादन मन्दीका कारण धेरैको रोजगारी गुमेको छ। नेपाली कामदारको माग घट्नुमा पानीजहाज कम्पनीको खराब अवस्था पनि कारण बनेको छ। नेपाली कामदारका लागि कम्पनी परिवर्तन गर्न डेउ सिपबिल्डिङ सहज थियो। अन्य साना तथा मझौला कम्पनीमा मेसेजमार्फत कम्पनी परिवर्तन गर्न मिल्ने प्रावधान छ भने जहाज कम्पनीमा स्वतः परिवर्तन गर्न सकिन्छ।

 

एक वर्ष यो कम्पनीमा बिताएका कामदारले मासिक करिब ५० हजार रुपयाँ बोनस प्राप्त गर्दै आएका थिए। जुलाईदेखि नयाँ ज्यालादर लागू गर्ने भएकोले स्वेदेशी तथा विदेशी कामदार मारमा पर्नसक्ने नौ वर्षदेखि डेउ सिपबिल्डिंङमा कार्यरत बुटवलका मेघराज ज्ञवालीले बताए। पुनः सुधारको माग राखी डेउमा कार्यरत करिब सात हजार युनियनमा आवद्ध स्वदेशी कामदारले हडतालमा उत्रने चेतावनी दिएका छन्।

 

गत साता संसद्मा बोल्ने क्रममा कोरियाका राष्ट्रपति पार्क ग्युन ह्येले जहाज निर्माण कम्पनीमा जनशक्ति कटौतीलाई रोक्न र ती कम्पनीमा पुनः सुधार गर्न नसकिए कोरियाको समग्र अर्थतन्त्र ओरालो लाग्न सक्ने बताएका थिए।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024