आफूले चलाएको गाडी पल्टिएर कोरियामा एक नेपालीको मृत्यु भएको छ । दक्षिण कोरियाको फारानस्थित नाजेन्द्री खसङ प्लास्टिक कम्पनीमा कार्यरत खोटाङ चिसापानीका २६ बर्षिय रमेश कोइरालाको सोमबार मृत्यु भएको हो । ईपीएसअन्र्तगत पहिलो लटमा २७ महिनाअघि उनी कोरिया पुगेका थिए ।
‘काम सकिन चिगित्सामा फोहोर लिएर फाल्न गएका थिए, धेरै बेरसम्म नआएपछि खोज्न जाँदा गाडी पल्टिएर रेलिङको माथिल्लो भागले शरीरलाई थिचिरहेको अवस्थामा पायौं,’ सँगै कार्यरत बालकृष्ण पौडेलले भने, ‘अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरे ।’ काठमाडौंमा बस्दै आएकी रमेशकी बहिनी सरलाले सोमबार एकपटक कुराकानी भएको बताइन् । ‘कुराकानी गर्न इमेलमा बोलाउनु भएको थियो, बन्द भएकाले थप कुराकानी भएन,’ उनले भनिन् ।