कोरियामा झुण्डिएर आत्म हत्या गरेका गणेशको गोजीमा सुसाइड नोट : मेरो पैसा बाँडीदिनु

19 Feb, 2016

 

रोजगारीका  लागि दक्षिण  कोरिया रहेका  एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन । 

 

चार  ४ वर्षअघि यहाँ आएका पन्चमुल गाविस(३ स्याङजाका २४ वर्षीय गणेशराज  चापागाईँ  कम्पनी नजिकै रुखको हाँगामा झुन्डिएको अवस्थामा भेटिएका  हुन् । उनको मृत शरीर बुधवार मध्यरातमा झुण्डिएको अवस्थामा भेटिएको थियो । 

 

 

खोन्याङस्थित अटोमोबाइल कम्पनीमा कार्यरत चापागाईँ बुधबार दिउँसोबाट हराएका थिए ।    उनको कम्पनीका एक नेपालीले दिएको जानकारी  अनुसार चापागाईँ  बुधबार मध्यान्ह १२ बजे अन्य साथीलाई जानकारी नदिई बाहिर निस्केका थिए ।   

 

उनले छोटो सुसाइड नोट पनि लेखेर छोडेका  छन् । मृतकका सहकर्मी पेलाकोट स्याङ्गजाका रमेश अधिकारीका अनुसार सुसाइड नोटमा साथीहरुसँग माफी माग्दै आफ्नो खातामा रहेको रकम भूकम्पपीडित र अपांगलाई सहयोग गरिदिन आग्रह गरिएको छ  ।  

 

स्थानीय सुनछाङ  प्रहरीले  सोलस्थित नेपाली राजदूताबासलाई घटनाको प्राराम्भीक जानकारी गराएको छ । उक्त कम्पनीमा अन्य  १२ नेपाली कामदारहरु  कार्यरत छन् । अबिबाहित चापागाईँ केही महिनाअघि बिदामा घर गएर फर्केका थिए ।

 

उनको परिवारमा आमा बुबा तिन दिदि बहिनि र एक भाइ रहेका छन् । नेपाली   राजदूतावासका श्रम सहचारी अनिल गुरुङले घटनाको विवरण परराष्ट्र मन्त्रालयमा बिहीबारै पठाइसकिएको जनाउँदै घटनास्थलमा शुक्रबार जाने बताए ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024