कोरियाबाट फर्किसकेपछि पनि बिमा दाबी गर्न पाइने

19 August, 2015

दक्षिण कोरियामा काम गरेर फर्केकाहरूले अबदेखि नेपालबाटै दुर्घटना बिमाको लागि दाबी गर्न पाउने भएका छन्। 

 

कोरियमा काम गरेर फर्किएको लामो समयपछि पनि कामसम्बन्धी रोग देखा परेमा बिमा रकम दाबी गर्न पाउने व्यवस्था कोरियाले गरेको हो। काम गर्दाका क्रममा भएको दुर्घटनाको पुनः रोग वा समस्य देखिएमा समेत बिमा रकम दाबी गर्न पाउने व्यवस्था गरिएको छ। 

 

नयाँ व्यवस्थाबाट कोरिया गएका कामदारले कामसँग सम्बन्धित रोग लागेमा बिमा तथा क्षतिपूर्ति पाउन कोरिया नै धाउनुपर्ने झन्झटिलो प्रणालीको अन्त्य भएको छ।यसअघि नेपाल फर्किएपछि कामसँग सम्बन्धित विषयमा रोग लागेमा वा दुर्घटनाका कारण थप रोग उत्पन्न भएमा नेपालमै आवेदन दिन पाइने व्यवस्था थिएन। 

 

नयाँ व्यवस्थाबाट कोरियामा काम गर्न जाने र यसअघि गइसकेका कामदारको आत्मविश्वास थप बढ्ने रोजगारदाता मुलुकको ठम्याईं छ। आफ्ना मुलुकमा काम गरेकाप्रति कोरिया सरकार थप जिम्मेवार र बढी संवेदनशील बनेको यसले थप पुष्टि गरेको छ।

 

एचआरडी कोरिया अन्तर्गत ईपीएस सेन्टर नेपालका निर्देशक ली दोङ सिर्कले नयाँ व्यवस्थाबाट कोरियामा काम गर्न गएका विदेशी कामदारको हकहित सुरक्षामा थप सहयोग पुग्ने बताए। ‘स्वेदशमा फर्किसकेपछि दुर्घटना र कामसँग सम्बन्धित् रोगको बिमा दाबी गर्न पाउने व्यवस्थाले कामदारलाई निकै सहयोग पुग्नेछ’, निर्देशक ली दोङ सिर्कले मंगलबार आयोजित कार्यक्रममा भने।

 

काम गर्दागर्दै कामदार घाइते भएमा वा कामका कारणले रोग लागि चार दिनभन्दा बढी उपचार गर्नुपर्ने भएमा कम्पनीले नै उपचार गरिदिने व्यवस्था गरिएको हो। कामदारले मासिक तलबको ७० प्रतिशतसम्म उपचार खर्च व्यहोर्ने कोरिया सरकारले जानकारी दिएको छ। 

 

कामदारको सामाजिक सुरक्षा प्रणाली प्रभावकारी बनाउन कोरियाले औद्योगिक दुर्घटना वा रोग लाग्दा उपचार गर्ने, कुनै कारणबश कामदारको मृत्यु भएमा परिवारलाई तलब तथा क्षतिपूर्ति उपलब्ध गराउनेलगायतका चार प्रकारका सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्दैआएको छ।

 

नयाँ व्यवस्थाबाट कोरिया गएका कामदारले कामसँग सम्बन्धित रोग लागेमा बिमा तथा क्षतिपूर्ति पाउन कोरिया नै धाउनुपर्ने झन्झटिलो प्रणालीको अन्त्य भएको छ।

 

विगतमा कामका क्रममा घाइते भएमा वा रोग लागेमा त्यसबापत बिमा सुविधा पाउने भए पनि नेपाल फर्किसकेका व्यक्तिलाई आवेदन दिन अप्ठेरो थियो। नेपालबाट आवेदन गर्न नपाउने भएकाले फर्किएकाले सामान्यतयः स्वास्थ्य बिमा दाबी गर्न सक्दैनथे। 

 

बिमा दाबी गर्न फर्किएका कामदारले एचआरडी कोरियाको ईपीएस सेन्टरमार्फत श्रम कल्याण परिषद्मा आवेदन गर्नुपर्नेछ। कामदारले बिमाबापत रकम दाबी गरिसकेपछि श्रम कल्याण परिषद्ले दुर्घनासम्बन्धी वास्तविकता,कामको विवरण र औद्योगिक दुर्घटनासम्बन्धी अनुसन्धान गरी वास्तविकता पत्ता लगाउनेछ। सोही आधारमा बिमा पाउने वा नपाउने भने अन्तिम निर्णय हुनेछ।

 

कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक हो। हाल करिब २७ हजार नेपालीले त्यहाँ काम गरिरहेका छन्। उद्योग तथा कृषि क्षेत्रमा काम गर्ने नेपाली धेरै छ। 

 

नेपालले सन् २००८ देखि सरकारी तवरबाट कोरियामा कामदार पठाउन थालेको हो। हाल कोरियामा गएका नेपालीमा मासिक न्यूनतम एक लाख नौ हजार रुपैयाँ कमाउन सक्छन्।

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024