कोमामा रहेका लुङ्गेलीको रकम अभावले उपचारमा समस्या

18 Jul, 2018

हृदयघात भई कोमामा राखिएका इलामका जङ्गबहादुर लुङगेलीको रकम अभावले उपचारमा समस्या उत्पन्न भएको छ । उनको उपचारमा अहिलेसम्म एक लाख ३४ हजार दिराम (झन्डै ३४ लाख रुपैयाँ) खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ।

 

दुबईको फार्म फ्रेश एलएलसी कम्पनीमा कार्यरत लुङ्गेलीलाई गत जुन १९ तारिख क्याम्पमै हृदयघात भएको थियो। उनको दुवईस्थित एनएमसी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनको अवस्था स्थिर छ।

 

लुङ्गेलीको अवस्था बुझ्न यूएईका लागि कार्यवाहक राजदूत सागर फुयाँलले अस्पताल पुगेका थिए। उनले अस्पताल र कम्पनीका प्रतिनिधिहरु थप उपचार खर्च र एयर एम्बुलेन्समार्फत बिरामीलाई नेपाल पठाउने बारेमा छलफल गरेको एनआरएन यूएईका पूर्वमहासचिव सन्तोष प्रसाईंले बताए।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024