केन्यामा पक्राउ परेका १२ नेपाली महिलाको उद्दार

20 July, 2019

वैदेशिक रोजगारीका लागि अफ्रिकी मुलुक केन्या पुर्‍याएका १२ नेपाली महिलाहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ । उनीहरू केन्यामा पक्राउ परेको समाचार सार्वजनिक भएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले केन्यास्थित गैरआवसिय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दुतावासलगायत संस्थाको सहकार्यमा अन्तर्राष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरुलाई नेपाल ल्याइएको थियो ।

उनीहरु विभिन्न मितिमा भारत हुँदै केन्या पुगेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । केन्याको मुम्बासा शहरस्थित रङगिला डान्सबारमा केन्या प्रहरीले छापा मारी मालिकलगायत महिलालाई पक्राउ गरेको अवस्थामा उद्धार गरी नेपाल फर्काइ थियो । प्रारम्भिक अनुसन्धानपछि अन्तर्राष्ट्रिय आप्रवासी संस्थाका प्रतिनिधिको रोहबरमा उनीलाई आफन्तको जिम्मा लगाएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको मानज बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024