कुवेत दुर्घटनामा मृत्यु भएका सुरतका परिवारले श्रम मन्त्रीलाई भने– क्षतिपूर्ति मिलाइदिनू

18 March, 2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतमा सवारी साधन दुर्घटनामा परी मृत्यु भएका अछामका सुरत बहादुर कडायतका परिवारसँग भेट गरेका छन्।

भेटमा सुरतका भाइ झम्क बहादुर कडायतले शवलाई घरसम्म पुर्‍याउने व्यवस्था गरिदिन आग्रह गरे। साथै, गन्तव्य मुलुकबाट पाउने क्षतिपूर्ति रकम सहज रूपमा प्राप्त हुने व्यवस्था गरिदिन समेत आग्रह गरे।

मन्त्री अर्यालले मन्त्रालयले आवश्यक प्रक्रियाको लागि वैदेशिक रोजगार बोर्डलाई निर्देशन दिइसकेको जानकारी गराए।

मृतक श्रमिकको परिवारले पाउने सेवा सुविधालाई जतिसक्दो छिटो भुक्तानी गरिने समेत प्रतिबद्धता व्यक्त गरे।

सुरतको मंगलबार कुवेतमा कार दुर्घटना परी मृत्यु भएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026