कुवेतमा हिंसामा परेकी थापाको उद्धार, आज काठमाडौं आइपुगिन्

29 July, 2025

कुवेतमा शारीरिक र मानसिक यातना पाएकी तनहुँकी संगीता थापाको उद्धार भएको छ। परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाली राजदूतावास कुवेतले उद्धार गरेकी थापा आज सोमबार काठमाडौं आइपुगेकी छिन्।

‘उनको उद्धार गर्न हामी सफल भएका छौँ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने। राजन केसी नामका दलालले दिल्ली हुँदै उनलाई कुवेत पुर्‍याएर घरेलु काममा लगाएका मालिकले शारीरिक र मानसिक पीडा दिएका थिए।

यातना सहन नसकेपछि उनी अलपत्र अवस्थामा थिइन्। थापाको अवस्थाबारे जानकारी पाएपछि नेपाली दूतावासले उनलाई उद्धारको प्रयास थालेको थियो। उनी जजिरा एयरलाइन्सको उडानबाट काठमाडौं आइपुगेकी हुन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024