कुवेतमा बन्धकपछि फिर्ता

28 Feb, 2014

फाल्गुन ७ वर्षदेखि कुवेतमा बन्धक बनाइएकी एक महिला नेपाल र्फकन सफल भएकी छन् । सन् २००७ मा कुवेत पुगेकी मोरङ, दुलारी ७ की सौतेनी सरदार ७ वर्षदेखि र्फकन पाएकी थिइनन् । दुलारी एजेन्ट धनकुमारी सार्कीमार्फत उनी भारतको बाटो हुँदै कुवेत पुगेकी थिइन् । भिसा अवधि ३ वर्ष भए पनि घर र्फकन नदिएको उनले बताइन् । उनी डेढ वर्षदेखिको पहलमा गत माघ १६ गते नेपाल फर्किएकी हुन् ।

‘घरमा बुबा बिरामी पर्दासमेत र्फकन दिएनन्,’ उनले भनिन्, ‘तँ गएर तेरो बाबु ठीक हुने होइन किन जान्छेस् भन्दै आउनै दिएनन् ।’ कुवेत गएको तीन वर्षपछि बिमारले थलिएका उनका बाबुको मृत्युको खबर पाउँदासमेत उनलाई घर र्फकन नदिएको उनले बताइन् । ‘साहूनीले कतै जाँदा ढोकामा ताल्चा लगाइदिएर थुन्थी, मलाई कतै जान दिंदैन थिई,’ सौतेनीले भनिन् । त्यहाँ उनले दुई बच्चाको हेरचाह, सरसफाइ र खाना पकाउने काम गरेको बताइन् ।

माया मारिसकेकी छोरी घर फर्किएपछि आमा भुट्टी सरदारमा खुसीको सीमा छैन । श्रीमान् बृहस्पतिको मानसिक पीडा सहन नसकेर वर्ष दिनको छोरा छाडेर उनी विदेश हान्निएकी थिइन् । सौतेनी १ दिन आफन्तकहाँ जाँदा  अर्कैको गर्भ बोकेर आएको भन्दै बृहस्पतिले माइतीमै लगेर जिम्मा लगाएका थिए । उनी अहिले अर्कैसँग विवाह गरी गछियामा बस्दै आएका छन् ।

कुवेतबाट नेपाल र्फकन नदिएपछि सौतेनीकी आमा भुट्टीदेवी र छिमेकी ख्यामकुमारी गौतमले पौरखीलगायत महिला अधिकारवादी संस्थामा निवेदन दिएपछि नेपाल फर्काउन सफल भएको पौरखी नेपाल मोरङकी अध्यक्ष उमा सेढाईं कटुवालले जानकारी दिइन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024