कुवेतको स्वास्थ्य परीक्षण १० मेडिकलबाट मात्र

29 March, 2018

मलेसिया, साउदी, बहराईन र ओमनपछि अब वैदेशिक रोजगारीका लागि कुवेत जाने नेपालीहरु कामदारहरुले पनि नेपालका तोकिएका स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको छ ।

 

कुवेतको आवासीय मामिला विभागका अनुसार अब नेपालका सिद्धी पोलिक्लिनिक, हेल्थकेयर क्लिनिक, कान्तिपुर डाइग्नोस्टिक, लाइफ केयर डाइग्नोस्टिक, साउदी नेपाल मेडिक सेन्टर, अलखालिज मेडिकल सेन्टर, रजाम मेडिकल सेन्टर, एक्वा डाइग्नोस्टिक सर्भिस, साइबा मेडिकल र अलमसुर डाइग्नोस्टिक सेन्टरबाट गराएको स्वास्थ्य परीक्षण मात्रै मान्य हुनेछ ।

 

हाल उल्लेखितमध्ये भित्रका स्वास्थ्य संस्थाबाट साउदी अरब, ओमान र बहराइन जाने कामदारले मेडिकल गराउने गरेका छन् । यसलाई व्यवसायीहरुले सिण्डिकेट भनी विरोध गर्दै आइरहेका छन् । पछिल्ला दिनमा गल्फ कोअपरेटिभ काउन्सिल गाम्का अन्तरगत रही स्वास्थ्य परीक्षण गर्दै आएका यी मेडिकलले क्रेडिट वा मास्टर कार्डमार्फत १० डलर तिर्नुपर्ने व्यवस्था गरेका छन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024