किशोरीलाई लैजान खोज्ने तीन भारतीय युवा पक्राउ

23 May, 2019

माधव अर्याल

गुल्मीका तीन किशोरीलाई भारत लैजाँदै गर्दा पाल्पा प्रहरीले तीन भारतीय युवालाई पक्राउ गरेको छ । उनीहरुलाई तानसेन–रिडी सडक अन्तर्गतको रिब्दीकोट गाउँपालिका–३, हार्थोक खस्यौलीमा प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी गुल्मी तम्घासको एक होटलमा काम गर्दै आएका भारत विहारका २१ वर्षीय मनोहर कुमार, २० वर्षीय अभिजित कुमार र १९ वर्षीय कालु कुमार पक्राउ परेको जानकारी गराएको छ।

 

ललाइफकाई भारतको विहार लैजाँदै गर्दा प्रहरीले ती युवालाई हार्थोकमा पक्राउ गरेको हो। गुल्मी तम्घासको एक होटलमा काम गर्दै आएका ३ जना युवतीलाई विवाहको बाहनामा ललाई फकाई गरी भारत लैजाँदै गर्दा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। भारत जान खोजेका ती युवतीहरु २१ वर्षीया विवाहित फुपु र अन्य २ जना १४ र १५ वर्षीया किशोरी भतिजी हुन्।

 

भारतीय युवा पनि तम्घासकै मिष्ठान भण्डारमा काम गर्दै आएका थिए। भारतीय युवाले कसैले थाहा नपाउन भनी विक्की कुँवरका नाममा ६ जनाको टिकट काटेका थिए। प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका युवाहरुले बिहेको नाटक गर्दै हात काटेर किशोरीलाई रगतको सिउँदो लगाइदिएका थिए। पक्राउ परेका किशोरीहरु घरपरिवार तथा स्थानीयवासीको रोहबरमा मनोपरामर्श गरी बुझाइसकेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए। पक्राउ परेका युवालाई मानव बेचविखन तथा ओसार–पसार कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरुलाई ५ दिनको म्याद थपिएको छ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024