कामदारको विवरण मलेसियामा पनि

27 August, 2012

वैदेशिक रोजगारमा जाने कामदारको पूर्व स्वीकृति र अन्तिम स्वीकृति विवरण अब मलेसिया बाट समेत हेर्न सकिने भएको छ । वैदेशिक रोजगार विभागले भरेको यो विवरण हेर्न पहुँच क्वालालम्पुरस्थित नेपाली दूतावासलाई आइतबारदेखि दिएको हो । करिब ५ लाखभन्दा बढी नेपाली कार्यरत मलेसिया नेपाली कामदार जाने एक प्रमुख गन्तव्य मुलुक मानिन्छ ।

विभागले परराष्ट्रमार्फत अनलाइन पहुँच कोड पठाएको जनाउँदै यसको प्रयोगले ठगी नियन्त्रणमा सहयोग पुग्ने जनाएको छ । ‘ठगी नियन्त्रणमा यसले ठूलो मदत गर्छ,’ विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले कान्तिपुरलाई भने । दूतावासले अनलाइनमार्फत कामदार जाने कम्पनी, कामदारको विवरण, सेवा सुविधालगायतका जानकारी लिन सक्छ ।

Other News

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024