कामको लागि विदेश जाने नेपाली घटे, रेमिट्यान्स बढ्यो

16 Jul, 2018

चालु आर्थिक वर्षको ११ महिनामा कामको लागि विदेश जाने नेपालीहरुको संख्या घटेपनि उनीहरुले पठाउने रुपैयाँ भने बढेको छ। अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा यो वर्ष विदेशबाट आउने रुपैयाँ ७ दशमलब ३ प्रतिशतले बढेको छ।

 

नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा ८ प्रतिशतले कामदार घटेपनि उनीहरुले पठाउने रेमिट्यान्स भने बढेको छ। चालु वर्षको ६ महिनामा बृद्धिदर ऋणात्मक भएको रेमिट्यान्स आर्थिक वर्षको अन्त्यतिर बढेको छ। यो अवधिमा ६ खर्ब ७९ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स ५ प्रतिशतलेमात्र बढेको थियो।

 

यो वर्षको ८ महिनामा श्रम स्वीकृति लिने नेपालीहरुको संख्या भने आठ प्रतिशतले घटेको छ। पुनः श्रमस्वीकृति लिने बाहेकको यस्तो संख्या यो वर्ष ३ लाख ४२ हजारमात्र रहेको छ। जुन अघिल्लो वर्ष ३ लाख ७२ हजार थियो।

 

पछिल्लो समय सरकारले हुन्डी कारोबारीमाथि कडा निगरानी राखेर अनुसन्धान गर्न थालेपछि त्यसको असर रेमिट्यान्समा पर्न थालेको कतिपयको धारणा छ भने कतिपय भने डलरको भाउ बढेकाले रेमिट्यान्स बढेको बताउछन्।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024