चित्रांग थापा
‘समयमै गाडी चढ्न पाइयो भने साँझसम्म काम पाउने ठाउ पुग्छौं,’ शुक्रबार दिउँसो गड्डाचौकी सिमानाका एक हुल साथीसँगै भेटिएका अर्जुन रानाले भने, ‘वनवासाबाट हरिद्वार हँुदै स्याउ टिप्ने कामका लागि हिमाञ्चल हिँडेका हौं ।’ उनी गाउँका अन्य २८ जनाको समूहसँगै वषर्ायामभरि स्याउ टिप्ने, टिपेको स्याउलाई गे्रडिङ गरी प्याकिङ गरेर ढुवानी गर्ने कामका लागि हिमाञ्चलको पहाडतिर लागेका हुन् ।
कञ्चनपुरको कालिका ९ गणेश बस्तीका युवा अर्जुनको एक हुल टोलीजस्तै केही दिनयता यहाँको गड्डाचौकी सीमा हँुदै कामको खोजीमा भारत पस्नेहरू हुलका हुल युवाको लर्को लागेको देखिन्छ । यसरी वर्षे खेती धान रोपाइँ सकेर केही महिना रोजगारीका लागि भारत पस्नेहरूमा अधिकांश हिमाञ्चलका पहाडतिर स्याउ टिप्न जानेहरू बढी छन् । ‘साँझ वनावासाबाट हरिद्वार जाने बस चढेर जाने गरेका छौं,’ अर्जुनले भने, ‘हरिद्वारबाट विकासनगर हुँदै राति तिउनी पुगिन्छ ।’ तिउनीमा राति बास बसेर दोस्रो दिन मात्रै काम पाउने ठाउँ कुड्डु पुगिने उनले बताए । ‘घरबाट त्यहाँ पुगुन्जेल भाडा र खाना खर्च ७ सय भारु लाग्छ,’ उनले भने । यतिबेला बिहानैदेखि अबेर साँझसम्म महेन्द्रनगर देखि गड्डाचौकी हुँदै हिमाञ्चललगायत उत्तराखण्डको कुमाउ, गडवाल क्षेत्रमा विभिन्न काम खोज्दै दिनहुँ सयांै युवा सीमापार गरिरहेका छन् । सातायता यसरी भारततिर जानेहरूको संख्या ह्वात्तै बढेको गड्डाचौकी भन्सार गेटको सुरक्षा पोस्टमा रहेका प्रहरी असइ देवबहादुर कँुवरले बताए । बर्सेनि असार अन्तिम सातादेखि नै यहाँको नाका भएर कामको खोजीमा भारततिर जाने क्रम सुरु हुने गरेको हो । ‘यसपाला ढिलो गरी पानी परेकाले रोपाइँ समयमै हुन नसक्ता यो वर्ष केही ढिलो भएको छ,’ कैलालीको पहलमानपुर गाविस ८ शिवपुरका मानबहादुर चौधरीले भने । अघिल्लो वर्ष ६० जनाको समूहसँगै स्याउ टिप्न गएका उनी यस वर्ष खैलाड र पहलमानपुरका ३५ जनासँगै बुधबार हिमाञ्चलतिर लागेका हुन् । केही वर्ष अघिसम्म मध्य र सुदूरपश्चिमका पहाडी जिल्लाबाट पहाडी मूलका कामदार मात्र रोजगारीका खोज्दै भारततिर जाने गरेका थिए । हालका वर्षमा पहाडीहरूकै अनुपात थारू समुदायका युवाहरू उत्तर भारतको पहाडी क्षेत्रमा काम खोज्दै जान थालेका हुन् । ‘हामीभन्दा पहिले चौधरीहरू जान थालेका हुन्,’ अर्जुन रानाले भने, ‘रानाथारू भारततिर काम खोज्दै जान थालेको धेरै भएको छैन ।’ उनले सुरुका वर्षतिर पहाडी क्षेत्रमा काम खोज्दै जाँदा निकै नरमाइलो र ठाउँ पनि बिरानोजस्तो लाग्ने गरेको भए पनि बर्सेनि आउजाउ गर्दा अब त बानी नै परेको बताए । बर्सेनि खेतीपातीको काम सिध्याएर रोजगारी खोज्दै जानेहरूमा अधिकांश युवा र अधबैंसे उमेर समूहका रहेका छन् । उनीहरू वर्षमा कम्तीमा दुई पटक घर खर्च जुटाउन भारत पस्ने गरेको बताउँछन् । ‘रोपाइँ सकिएपछि असार साउनतिर जाने र दसंैतिर र्फकने गरेका छौं,’ पहलमानपुरका मानबहादुर भन्छन्, ‘दोस्रोपटक गहुँ बाली लगाएर जाने अनि चैत वैशाखतिर खेती भित्र्याउन आउने ।’ गाउँघरमा यतिबेला रोजगारी पाउने कुनै विकास निर्माणको काम नहुने भएकाले घर खर्च जुटाउन पनि भारततिर जानुपर्ने अवस्था रहेको उनले बताए । ‘केही नभए पनि घरपरिवारको लुगाफाटो र पढाइ खर्च त कमाउन सकिन्छ,’ उनले भने । ‘हाम्रो गाउँ त रित्तो भएको छ, बूढापाका र महिला मात्र छन्,’ पहिलो पटक मानबहादुरको टोलीसँगै हिमाञ्चल हिँडेका कैलाली खैलाड १ का मनिराम चौधरीले भने, ‘गाउँका सबै जान थाले दसंैतिहारतिर र्फकने गरी म पनि हिँडेको हँु ।’ वर्षौंदेखि स्याउ टिप्ने कामका लागि जाने गाउँका अगुवाहरूसँग अन्य गाउँवासीले आफ्ना छोरालाई समेत पठाउने गरेका छन् । ‘धेरैजसोले देहाडी मजदुरी गर्छन्, कोही भने मेठको काम गर्ने र ठेक्कामा पनि काम गर्दै आएका छन्,’ मानबहादुर भन्छन् । अघिल्लो वर्ष दैनिक ८ घन्टा काम गरेर १ सय ५० देखि २ सयसम्म मजदुरी पाउने गरेको उनीहरूले बताए । उनीहरू समूहमै डेरामा बसेर मेसमा खाना खान्छन् । ‘बस्ने ठाउँ र बिस्तराको व्यवस्था ठेकेदारले नैै गरिदिन्छ,’ मानबहादुरले भने । हिमाञ्चलको शिमला आसपासका क्षेत्रमा यतिबेला जताततै नेपाली कामदार देखिने उनीहरू बताउँछन् । स्याउ टिप्ने कामबाहेक नेपाली कामदारहरू उत्तराखण्डको गढवाल र कुमाउका पहाडी सहरहरूमा सडक निर्माणदेखि मालसामान ढुवानीका काम गरिरहेका हुन्छन् । ‘बर्सेनि केही कमाइ त हुन्छ नै तर सीमा क्षेत्रमा आउजाउ निकै समस्या छ,’ मानबहादुरले भने, ‘के गर्ने उता नगए नुन तेलकै समस्या पर्छ ।