कर्मचारी र श्रमिकलाई लकडाउन अवधिभर सार्वजनिक बिदासरह सुविधा

28 April, 2020

१६ वैशाख, काठमाडौं । सरकारले लकडाउन अवधिभर कार्यालयमा उपस्थित नभएका कर्मचारी र श्रमिकलाई सार्वजनिक बिदा सरह सुविधा दिने निर्णय गरेको छ । सरकारको गरेको निर्णय राजपत्रमा पनि प्रकाशित भएको छ ।

सम्पूर्ण सरकारी कार्यालय निकाय तथा उद्योगले बिदा दिएका कर्मचारी र श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको हो ।

राजपत्रमा भनिएको छ ‘सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आइको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गरेको यो सूचना प्रकाशित गरिएको छ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024