कतारमा नेपाली कामदारको स्वास्थ्य परीक्षण सहज होस्ः तरुण दल

15 December, 2018

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपाली कामदारहरुको सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन नेपाल तरुण दलले त्यहाँस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

 

सहज स्वास्थ्य परीक्षणको व्यवस्था नहुँदा नेपाली कामदारको मृत्यु भएका घटनालाई देखाउँदै नेपाल तरुण दलले कामदारको सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

 

नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंसहितको टोलीले नेपाली राजदूत रमेश कोईरालालाई भेटेर कामदारको अवस्था र उनीहरुको सुरक्षा लगायत विषयमा जानकारी लिएको थियो ।

 

चापागाईंले भने, ‘नेपालीहरुको ठूलो हिस्सा कतारमा छ, उनीहरुले कमाएर ल्याएको पैसाले उनीहरुको परिवारसँगै नेपालको अर्थतन्त्र पनि धानिएको छ । त्यसैले कामदारका परिवारको स्वास्थ्य वीमा र निःशुल्क वा सस्तोमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था कतारमा पनि गरिनु पर्छ ।’

नेपाली कामदारहरु विदेशमा मर्ने घटना बढीरहेको भन्दै उनले सरकारले नेपाली दूतावासहरुमा स्वास्थ्य सहचारी राख्नुपर्ने बताए ।

 

कतारका लागि नेपाली राजदूत कोइरालाले तरुण दलले उठाएका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै समस्या समाधानतर्फ अग्रसर हुने बताएका थिए ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024