ओमान पुर्‍याइ मानव बेचबिखन गर्ने २ जना पक्राउ

21 April, 2023

काठमाडौं : वैदेशिक रोजगारका लागि ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–६ घर भई काठमाडौंको गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बू र सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिकाको भैँसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ रहेका छन्।

उनीहरुले पीडित व्यक्तिलाई वैदेशिक रोजगारका लागि ओमानमा ‘फ्री भिषा फ्री टिकट’मा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमान पुर्‍याई बिक्री गरेको पाइएको छ।

पीडित नेपाली राजदूतावासको सहयोगमा नेपाल फर्किएका छन्। पक्राउ परेकामाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024