ओमानबाट हिजो ३८ महिलासहित १७५ जना नेपाली स्वदेश फर्किए

15 Aug, 2020

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन, ३१ गते । विदेशमा कोरोनाको कारण सस्यामा परेका नेपालीहरू स्वदेश फर्कने क्रम जारी रहेको छ । यस्तै हिजो ओमानबाट १७५ जना नेपाली स्वदेश फर्किएका छन् । ओमानस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार सलाम एअरको उडानबाट १३७ पुरुष र ३८ महिला नेपाल फर्किएका हुन् ।

दूतावासले फर्कनैपर्ने अवस्थामा रहेका नेपालीलाई प्राथमिकताको आधारमा नेपाल फर्कने व्यवस्था गरेको छ । नेपाल फर्कने यात्रु तथा चालक दलका सदस्यहरूको कोरोना परीक्षणको नतिजा नेगेटिभ हुनुपर्छ । यात्रुहरूको यात्रा सहजीकरणको लागि दूतावासबाट द्वितीय सचिव सोमेश थापा, श्रम सहचारी कृष्णा कुमारी गौली, सहचारी अनिल राणालगायत कूटनीतिक तथा स्थानीय कर्मचारी तथा नेपाली सोसल क्लबका अध्यक्षलगायतको उपस्थिति रहेको दूतावासले जानकारी दिएको छ ।

यसैगरी अर्को चार्टर उडानबारे दूतावासले चाँडै सूचना जारी गर्ने बताएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024