ओमानबाट थप १४५जना नेपाली फर्किए

18 June, 2020

४ असार, काठमाडौं । ओमानबाट दोस्रो चार्टर उडानमार्फत् १४५जना नेपालीहरू फर्किएका छन् । जसमा १० पुरूष तथा ३७ महिला छन् ।

नेपाली राजदूतावास ओमानको संयोजनमा कोभिड-१९को महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुलाई फर्काइएको हो । उनीहरु सलाम एअरको विमानमार्फत काठमाडौं आएका हुन् ।

फर्किएकाहरुले कोभिड-१९ को पीसीआर स्वाब परीक्षण गरिएको थियो । विमानस्थलमा राजदूत सर्मिला पराजुली ढकालले स्वदेश फिर्ती हुनेहरुलाई विदाइ गरेकी थिइन् । यात्रुहरुको यात्रा सहजीकरणको लागि दूतावासका द्वितीय सचिव श्री सोमेश थापा, श्रम सहचारी कृष्णाकुमारी गौली, सहचारी अनिल राणा लगायत कूटनीतिक तथा स्थानीय कर्मचारी तथा नेपाली सोसल क्लबका अध्यक्ष, सदस्यहरू लगायत उपस्थिसति थिए ।

र्को चार्टर उडानबारे दूतावासद्वारा चाँडै सूचना जारी गरिने दूतावासले जानकारी दिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026