ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो

6 March, 2018

ओमनमा दुःख पाएका ११ जना नेपालीहरुलाई उद्धार गरी नेपाली दूतावासले नेपाल फर्काएको छ । अनेस्टि ओभरसिज प्रा.लि.बाट ओमनको सोहारस्थित मुवाराद वादी हबी मोर्डन ट्रेडमा स्काफोल्डिङ पदका लागि गएका २० जना मध्ये ११ जनालाई नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको हो ।

 

करार सम्झाता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएर उनीहरुले दूतावाससँग नेपाल फर्काइदिन आग्रह गरेका थिए ।

 

उनीहरु काम गर्ने भनिएको कम्पनीबाट करिब १६५ किलोमिटर टाढा बर्का भन्ने स्थानमा अलपत्र अवस्थामा रहेको थाहा पाएपछि दूतावासले उद्धार गरेको हो ।

 

समस्यामा परेका बाँकी ९ जना कामदारहरुको समस्या समाधान एवंम स्वदेश फिर्ताका लागि पनि दूतावासले प्रयास जारी राखेको जनाएको छ ।

 

पीडित नेपाली कामदारहरुलाई ओमनस्थित नेपाली समुदायले खान र बस्नको व्यवस्था गरेका थिए ।

 

साथै सम्बन्धित कम्पनीहरूलार्इ समेत कानून बमोजिम कारवाहीका लागि सम्वन्धित निकायहरूमा सिफारिस गरी पठाइएको दूतावासले जनाएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024