एस म्यानपावरको काम रोक्का

7 November, 2017

वैदेशिक रोजगार विभागले साउदी अरबमा अलपत्र ४ कामदारलाई नझिकाएको भन्दै ललितपुर चाकुपाटस्थित एस इम्प्लोइमेन्ट ब्युरो म्यानपावरको काम रोक्का गरेको छ ।

 

करारपत्रअनुसार साउदीमा काम र तलब सेवासुविधा नपाएको भन्दै पीडितले उद्धार गर्न अपिल गर्दै आएका छन् । पीडितलाई उद्धार गर्न पटक–पटक समय दिँदा पनि काम नभएपछि विभागले म्यानपावरको कारोबार रोक्का गरेको हो । म्यानपावरले साउदीको राजधानी रियादस्थित अब्दुल्लाह साउद विन मने इस्ट कन्स्ट्रक्सन तथा ट्रान्सपोर्टेसन कम्पनीको चालक काममा पठाएको थियो । 

 

म्यानपावरले हरेराम थापा, पदम माझी, दीपबहादुर वल तामाङलगायतलाई चालकको काममा पठाएको थियो । पीडित हरेरामले म्यानपावरले भनेअनुसार काम र तलबसुविधा नपाएको बताए । उनीहरू गत वैशाखमा साउदी गएका थिए । उनीहरू तीन महिनादेखि कामविहीन भएका छन् । पीडितले उद्धारका लागि साउदीस्थित नेपाली दूतावासले प्रभावकारी रूपमा कम्पनीसँग समन्वय गर्न नसकिएको जानकारी दिएको छ । 

 

साउदीमा फसेका पीडितका आफन्तलाई उद्धारका लागि परिवारजन विभाग धाइरहेका छन् । पीडित हरेरामका काका चेतबहादुर थापाले समयमा उद्धार नहुँदा आफूहरूले मानसिक र आर्थिक रूपमा थप तनाव झेल्नुपरेको बताए ।

 

Other News

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024