एक वर्षमा १० हजारले राहदानी बनाए

29 July, 2019

आव ०७५/७६ मा सुनसरीमा १० हजारभन्दा बढीले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट एक वर्षको अवधिमा ८ हजार २ सय ६ जनाले राहदानी बनाएका हुन् ।

द्रुत गतिको राहदानी सिफारिस लिई गएकाहरूको संख्या २ हजार ८३ रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । राहदानी बनाउनेमा पुरुषको संख्या बढी रहेको छ । ६ हजार ४ सय १५ जना पुरुष तथा १ हजार ७ सय ९१ जना महिलाले राहदानी लिएका छन् । १ सय ३४ जना नाबालक रहेका छन् ।

राहदानीबाट ४ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयका नायब सुब्बा रमेश निरौलाले जानकारी दिए । उनका अनुसार एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १३ हजार १ सय २ जनाले नागरिकता लिएका छन् ।

इलाका प्रशासन कार्यालय धरानबाट १ सय ४४ जना, हरिनगरबाट ३ सय ६९ जनाले नागरिकता लिएका छन् । सुनसरीमा १८ जनाले नागरिकता त्यागेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024