एक महिनापछि स्वदेश फर्कँदै नेपाली

30 April, 2020

बैतडी – भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर आज एक महिनापछि स्वदेश फकिँदैछन्। लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत दोस्रो सातादेखि भारतको झुलाघाट, धार्चुला र पिथौरागढमा रहेका करिब दुई हजार मजदुर स्वदेश फकिन लागेका हुन्। 

झुलाघाट नाकाबाट ८३७ जना भित्रिन लागेका बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। यस्तै दार्चुला नाकाबाट एक हजार ६१ जना भित्रिन लागेका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। 

अब भारतका विभिन्न क्वारेन्टाइनमा बसेका र अन्य स्वदेश फर्कन चाहनेलाई आउने दिइने छ। उनीहरूलाई सामाजिक दूरी कायम गरेर भित्र्याउने र स्वास्थ जाँच गरिनेछ। स्वदेश फर्किएका मजदुरलाई १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि आरडिटी परीक्षण गरिनेछ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024