उद्धार उडान: टिकट काट्न सक्नेकै बाहुल्यता,५२ जनामात्र बेखर्चीको सिफारिस

27 Aug, 2020

कोभिडका कारण विदेशमा वेखर्ची भएका नेपाली नागरिकलाई निशु:ल्क उद्धार गर्ने घोषणा गरेपनि ध्यान भने भाडा तिर्नसक्नेहरुमै रहेको छ। उद्धार उडान सुरु भएको ३ दिन भइसक्दा पनि अहिलेसम्म उद्धार गर्नेको संख्या ५२ मात्र सूचीकृत भएका छन्।

हालसम्म परराष्ट्र मन्त्रालयले ५२ जानाको मात्र सिफारिस गरेको छ भने यसअघि नै ८६ जनाका लागि रकम निकाशा भएको छ।

सरकारले बनाएको कोभिड–१९ को कारण अलपत्र परेका नेपालीको उद्धार सम्वन्धी निर्देशिका, २०७७ बनाए पनि उडान सुरुहुन ५ दिनमात्र बाकीँ हुँदा विदेश स्थित नियोगले हालसम्म ५२ जानाको नाम मात्र सिफारिस गरेको हो।

हालसम्म संयुक्त अरव इमिरेट्सस्थित नियोगले बेखर्ची ५२ जानको नाम परराष्ट्र मन्त्रालय मार्फत सिफारिस गरेको बैदेशिक रोजगार बोर्डका सुचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए।

‘अलपत्र परेका नेपालीको नाम सिफारिस गर्न सरकारले विदेशस्थित नियोगलाई जिम्मा दिएको छ। हामीलाई हालसम्म युएईले स्थित नियोगले ५२ जानाको नाम पठाएको छ। उहाँहरुको टिकटको लागि हामी पैसा पठाउँदै छौं,’ सुवेदीले सेतोपाटीसगँ भने।

विदेशस्थित नियोगले सिफारिस गरेपछि मात्रै बोर्डले वैदेशिक रोजगारी कल्याणकारी कोषको पैसा पठाउन सकिने उनले स्पष्ट पारे।

सुवेदीका अनुसार यी बाहेक मलेसियामा विभिन्न फौजदारी मुद्धा लागेका डिटेन्सन् सेन्टर (घर फिर्ती केन्द्र) मा बसेका ८६ जाना नेपालीलाई स्वदेश फर्काउन ३ दिन अगाडि पैसा पठाइएको छ।

नियोगहरुले नामावली पठाए बोर्डले फस्ट ट्र्याकमा टिकट खर्च पठाउने उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024