इजरायल रोजगारी खुलाउने सरकारको तयारी

8 Jan, 2020

काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले इजरायल रोजगारीलाई खुलाउन पहल गर्ने बताएका छन्। आफ्नो तीन महिने कार्ययोजना तथा प्रगति विवरण पेश गर्दै उनले बन्द रहेको इजरायल रोजगार खुलाउन पहल भइरहेको बताए। ३६ वटा कामको विवरण पेश गर्दै उनले जापान रोजगारीमा पठाउन पनि पहल भइरहेको बताए।

आफु मन्त्री भएको डेढ महिनामा ३ हजार ६ सय ६६ जनालाई सिपमुलक तालिम दिएको समेत बताए।उनले अबको तीन महिनामा श्रम बैंकलाई सुचारु गर्ने र श्रमिक बैंक गठन गर्नलाई गृहकार्य गर्ने योजना समेत सुनाए।

नीजि क्षेत्रसँग मिलेर काम गर्ने लगायतका कार्ययोजना उनले पेश गरे। यो वर्ष मात्र ६० हजारलाई बेरोजगार भत्ता वितरण गर्ने मन्त्रालयको योजना रहेको छ। गत वर्ष १ लाखले बेरोजगार भत्ता पाएका थिए। उनले वैदेशिक रोजगारलाई थप व्यवस्थित गर्न वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने तयारी भइरहेको समेत बताए।

अबको तीन महिनामा थप १ लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने गरी मन्त्रालयले तयारी गरेको मन्त्री रायले बताए। हालसम्म एक लाख ३५ हजार श्रमिक कोषमा सुचिकृत भएका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024