इजरायली प्रधानमन्त्री पत्नीबाट ताराले क्षतिपूर्ति पाइन्

4 Nov, 2011

होम कार्की

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नी साराले आफ्नो बुवाको रेखदेखकर्ता (केयरगिभर) तारा मल्ललाई क्षतिपूर्ति दिएकी छन् । साराबाट क्षतिपूर्ति पाएपछि तारा उनीविरुद्ध हालेको मुद्दा फिर्ता लिएर स्वदेश र्फकेकी छन् । 

प्रधानमन्त्री नेतान्याहुकी पत्नीले श्रम शोषण, मानसिक यातना दिएको भन्दै पुतलीबजार-३, स्याङजाकी ताराले इजरायलको राजधानी जेरुसेलमस्थित कवलाबेद -कामदारको पक्षमा लड्ने निकाय) मा उजुरी हालेकी थिइन् । साराले क्षतिपूर्तिबापत २० हजार इजरायली रकम दिएपछि उनले मुद्दा फिर्ता लिएकी हुन् । 

‘क्षतिपूर्ति पाएपछि तारा नेपाल फर्किइन्,’ इजरायलमा तारालाई आश्रय दिएकी म्याग्दीकी धन थापाले टेलिफोनमा बताइन् । उनका अनुसार, तारा सबै उजुरी फिर्ता लिई असोज ३० गते र्फकेकी हुन् । स्वदेश आएकी तारासँग सम्पर्कको प्रयास असफल रह्यो । छ वर्षदेखि इजरायलमै केयरगिभरको काम गर्दैआएकी धनले तारा नेपाल पुगेपछि आफ्नो सम्पर्कमा पनि नरहेको बताइन् । 

ताराले प्रधानमन्त्रीकै घरमा साराका बुवाको रेखदेख गर्दै आएकी थिइन् । त्यहाँ श्रम शोषण भएको घटना सार्वजनिक गरेपछि तारालाई स्थानीय अधिकारकर्मीले साथ दिएका थिए । 

प्रधानमन्त्री पत्नी साराले धकेल्दा ताराको औंला भाँचिएको थियो । ‘हामीले पनि कानुनी प्रक्रियामै जान तारालाई अनुरोध गरेका थियौं,’ धनले भनिन्, ‘ताराले भने लामो प्रक्रिया लाग्ने र घरबाट पनि मुद्दा प्रक्रियामा अगाडि नबढ्न सल्लाह आएको भन्दै सीमित क्षतिपूर्तिमै चित्त बुझाइन् ।’ 

दुई वर्ष चार महिनादेखि इजरायली प्रधानमन्त्रीको निवासमा काम गर्दै आएकी ताराले मासिक ३२ सय इजरायली मुद्रा अर्थात् करिब ८ सय डलर पारिश्रमिक पाउँथिन् ।  

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024