अलपत्र नेपालीलाई सहयोग

1 December, 2020

विष्णु घिमिरे

साउदी अरेबिया : साउदी अरेबियामा कोभिड-१९ र अन्य कारण अलपत्र परेका ५ सय ३ जना  नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)  साउदीले खाद्यान्न सहयोग गरेको छ। 

१२  जनालाई नेपाल फर्कन हवाई टिकटको पनि व्यवस्था गरिएको छ। एनआरएन  साउदीका अनुसार  कोभिडले निम्त्याएको  समस्यालाई ध्यान दिँदै अलपत्र नेपालीलाई सहयोग गििरएको हो। कोरोनाका कारण साउदीमा थुप्रैको रोजगारी गुमेको छ भने कतिपय अलपत्र परेका छन्।

एनआरएनएले खाद्यान्न, नगद र हवाई टिकटलगायत सहयोग गरिरहेको छ। कोरोना महामारीसँगै एनआरएनए साउदीले अलपत्र परेका नेपालीको सहयोगको लागि दूतावास परिवार, सामाजिक संघसंस्थालगायतसँग समन्वय गरी  सहकार्य गर्दै आएको छ। संस्थामा हालसम्म ६ वटा क्षेत्रीय समन्वय समिति र ५ वटा स्थानीय समन्वय समिति गरी १ हजार २ सय ५० पञ्जीकृत सदस्य  छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024