रोजगारीका लागि अमेरिका लैजाने नाममा एकै व्यक्तिबाट ३८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक महिलालाई पक्राउ गरेको छ।
अमेरिका लैजाने भनी लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएको आरोपमा रोल्पाको रुन्टीगढी– ९ घर भई काठमाडौं चन्द्रागिरि– ४ बस्ने ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठ पक्राउ परेकी हुन्।
बुधबार टेकुबाट पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ।