अब म्यानपावर नवीकरण गर्दा ‘गुगल लोकेसन’ अनिवार्य

10 Jun, 2025

वैदेशिक रोजगार विभागले अबदेखि इजाजत प्राप्त संस्था (म्यानपावर) नवीकरण गर्दा संस्था रहेको डिजिटल ठेगाना खुल्ने गरी ‘गुगल प्लस कोड’ उपलब्ध गराउनुपर्ने जनाएको छ।

त्यस्तै, संस्थाको वेबसाइटमा समेत गुगल लोकेसन अनिवार्य राख्नुपर्ने प्रावधान गरेको छ।

विभागले सोमबार (जेठ २६ गते) एक सूचना प्रकाशन गर्दै यस्तो जानकारी गराएको हो।

विभागले म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरू, केयर गिभर सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरू, घरेलु कामदार सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरू लगायत सबैलाई तोकिएको समयावधि भित्र इजाजतपत्र/अनुमतिपत्र नवीकरण गर्न आग्रह गरेको छ।

सूचनाको विस्तृत विवरण विभागको वेबसाइट मा प्राप्त गर्न सकिने छ।

विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले कानुनमा भएको व्यवस्था अनुसार प्रत्येक वर्ष असार महिनाभित्र इजाजत प्राप्त संस्था एवं अभिमुखीकरण तालिम प्रदायक संस्था नवीकरण गरिसक्नुपर्ने बताए।

असोज मसान्तभित्र म्यानपावरका शाखा कार्यालय नवीकरण गरिसक्नु पर्ने उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024