s

युवा जति विदेशतिर खेतबारीमा बूढाबूढी

Year of Publication: 1 December 2019 | Gorkhapatra

Published by: CESLAM

जिल्लाको लिखु गउँपालिका–६ का लेकिन्द्र भट्टरार्ईलाई जब धान लगाउने असार महिना अनि धान थन्क्याउने असोज÷कात्तिक महिना लाग्छ अनि लगाउँदै आएको खेती पनि छाडौँकी जस्तै हुन्छ । उहाँलाई मात्र हैन उहाँका काका होमनहरि भट्टराईलगायतका गाउँका वृद्धवृद्धालाई खेती कसरी लगाउने र भित्र्याउने भन्ने समस्याले पिरोल्छ ।
गाउँमा युवा जनशक्ति नभएपछि यस्तो पिरलोले गाउँले नै सताउन थालेको छ ।

नेपालको प्रमुख खाद्य बाली धान लगाउने र थन्क्याउने बेलामा धेरै जनशक्ति चाहिने बेलामा काम गर्ने मान्छे नै नपाइँदा गर्दै आएको खेती किसानलाई तातो दूध निल्नु न ओकल्नु जस्तो भएको छ । धान काट्ने खेताला नपाउँदा पाकेर खेतमै झर्न थाल्यो जसोतसो काटेको धान खलासम्म पुर्याउने मान्छे नै नपाइने मोलुङ गाउँपालिका–२ का सन्तोष भुजेलले बताउनुभयो ।

धानको काम गर्न जाँगर भएका बलिया मान्छे चाहिन्छन, जो कोहीले टाउकोमा बिटा राखेर हिँड्न सक्दैनन्, कामदार हप्ता दिनभन्दा अगाडिबाट नै काम गर्नका लागि अरूकोमा नै बोलकबोल गरेका कारण आफूले मान्छे नै नपाएको लिखु गाउँपालिका –६ का लेकिन्द्र भट्टाईको भनाइ छ ।

काम गर्ने जोस र जाँगर भएका बलिया अधिकांश युवा वैदेशिक रोजगारीमा छन् भने जागिर तथा व्यापार गर्दै आएका आफ्नै पेसा÷व्यवसायमा व्यस्त छन् । धान पाकेर झर्न थालिसक्दा पनि खेतालाकै अभावमा किसानले धान काट्न नसकेको सुनकोसी गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताउनुभयो ।

पछिल्लो समय कामदार खोज्न गाउँ चाहर्दा पनि कोही नपाइने अवस्था छ । गाउँमा ज्येष्ठ नागरिक र बालबालिका मात्र भेटिन्छन् । त्यसैले किसानी काम गर्ने समय आउँदा यस्तै समस्या हुने गरेको छ । जिल्लामा धानको उत्पादनका पकेट क्षेत्रहरू रामपुर, शिल्खुबँेसी, शेर्नाबेँसी, शेराबेँसी, नर्मदेश्वर, गाम्नाङटार, जरायोटार हर्कपुर, लोर्ख‘बेँसीलगायतका ठाउँका कृषक मजदुरको अभावकै कारण खेती थन्क्याउन नसकिने समस्यामा परेको उहाँले बताउनुभयो ।

जनशक्ति कम भएर पनि गाउँमा ज्याला अत्यधिक वृद्धि भएको छ । रोपाइँ गर्न तथा धान बोक्न र झार्न गाउँघरमा एक जना पुरुष खेतालाको दैनिक ज्याला एक हजार देखि एक हजार ५०० रुपियाँसम्म चल्ने गरेको छ । महिला मजदुरलाई ५०० देखि ८०० रुपियाँसम्म दिन पर्छ । खेती गर्न किसानले आम्दानी भन्दा लगानी बढी गर्न बाध्यता रहेको छ । पहाडमा दुई हजारको धान उत्पादनका लागि रोप्न देखि भित्र्याउनसम्म कम्तीमा पनि आठ हजार रुपियाँ खर्च गर्न बाध्य हुनु परेको छ ।

गाउँमा चलेको भन्दा बढी ज्याला दिएर भए पनि कामदार बोलाउन खोज्दासमेत काम गर्ने मान्छे नपाएको लिखु गाउँपालिका–८ का बाबा पौडेलले बताउनुभयो । गाउँघरमा काम गर्ने मान्छे नै नपाउँदा अध्ययन तथा कामका लागि काठमाडौँमा बसेका आफ्ना परिवारका सदस्यलाई बोलाउनुु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । रोपाइँ गर्ने बेलामा त शैक्षिक संस्थाहरू पनि बर्खे बिदा हुँदा केही सहज भएको थियो तर हिउँदमा धानको काम गर्ने मान्छे नै नपाउँदा गाउँघरमा समस्या रहेको लिखु गाउँपालिका–६ का वडा अध्यक्ष टीकाराम क्याप्छाकी मगरले बताउनुभयो ।

गाउँमा युवाशक्ति नहुँदा पछिल्लो समय कसैकोे मृत्यु हुँदा समेत मलामी जाने मान्छे पाइन छाडेको अनुभव गर्न थालिएको उहाँले बताउनुभयो । गाउँमा केटाकेटी र बूढाबूढीबाहेक कोही छैनन्, काम गर्ने मान्छे नपाउँदा अब खेती लगाउन नसकिने अवस्था मात्र होइन, मलामीसमेत पाउन छाडेको छ, उहाँले भन्नुभयो ।

Published on: 1 December 2019 | Gorkhapatra

Link

Back to list

;