s

भिसामा थर अगाडि नाम पछाडि भएको भन्दै हिमालय एयरले ३ युवालाई बोर्डिङ पास दिएन

Year of Publication: 19 January 2018 | Setopti

Publication Type: NEWS

Published by: CESLAM

म्यानपावर व्यवसायी भन्छन् दोहोरो टिकट काटेर मुनाफा कमाउने धन्दामा एयरलाइन्स

तोपबहादुर खड्का र सोवित परिवार ३ दिनअघि हिमालय एयरलाइन्स हुदैँ वैदेशिक रोजगारीका लागि कतार जान लागेका थिए।उनीहरुले राती साढे १० बजेको टिकट थियो । साढे ८ बजे नै विमानस्थल पुगेका उनीहरुलाई बोर्डिङ पास दिइएन ।

भिसमा  नाम अगाडि  थर  पछाडि हुनुपर्ने भन्दै बोर्डिङ पास नपाएपछि उनीहरुले म्यानपावर कम्पनी जेनिथ प्रोगेसिभमा फोन गरे।म्यानपावर संचालक महेश चालिसेले त्यसमा अनावश्यक बखेडा नझिक्न आग्रह गरे।
 
तर हिमालय एयरलाइन्सका कर्मचारीहरुले मानेनन् । सो रात उनीहरु कतार उड्न पाएनन्। उनीहरुको टिकट, पासपोर्ट र भिसामा थर अगाडि नाम पछाडि छ । हिमालय एयरलाइन्सले भिसामा नाम अगाडि र थर पछाडि नभएको भन्दै अनावश्यक तनाव दिएको म्यानपावर संचालक चालिसेले बताए।
 
हिमालय एयरले विहीबार पनि कतार जान लागेका एक जना बिक थर गरेका युवालाई यस्तै वहानामा बोर्डिङ पास नदिइ फर्काइदिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए। ‘सबै देशमा भिसामा थर अगाडी र नाम पछाडि हुन्छ’ उनले भने ‘हिमालय एयरलाइन्सले दादागिरी देखायो।’
 
‘यो अनावश्यक बखेडा हो,’ संघका अध्यक्ष गुरुङले भने ‘एयरलाइन्सका सम्बन्धित कर्मचारीसँग छलफल गर्दा पनि उनीहरुले सुनुवाइ गरेनन् ।’श्रमिक लाई दुःख दिई दोबारा टिकट काटन लगाई मुनाफा कमाउने धन्दामा हिमालय एयरलाइन्स लागेको उनले बताए। यस्तै दुख दिइरहेने हो भने संघ उक्त एयर लाइन्स प्रयोग नगर्न नगराउन निर्णय गर्न बाद्य हुने उनले बताए।
 
गुरुङले चाँडोभन्दा चाँडो अर्को टिकटको व्यवस्था गरेर उनीहरुलाई उडाउन आग्रह गरे । बोर्डिङ पास नपाएका युवा अहिले काठमाडाैंमै छन् ।
 
Published on: 19 January 2018 | Setopti

Back to list

;