s

उज्यालो समाचार प्रभाव : विदेश पठाउने एजेन्ट सशस्त्र प्रहरीका जवानले पीडितलाई पैसा फिर्ता गरे

Year of Publication: 28 March 2018 | Ujyaaloonline

Publication Type: NEWS

Published by: CESLAM

रुपा राई

सम्झौता अनुसारको काम र तलब नपाएपछि सात महिना अघि मलेसियाबाट फर्किएका सिरहाका बिनोदकुमार ठाकुरले क्षतिपूर्ति पाउनुभएको छ ।

सिरहाका सखुवानन्कारकटी गाउँपालिकाका एजेन्ट जितेन्द्र सिंहले मंगलबार ६० हजार रुपैयाँ फिर्ता गरेका छन् । जितेन्द्र पेशाले सशस्त्र प्रहरीका जवान हुन् । जितेन्द्रले बिनोदलाई इटहरीको लालधनुष इन्टरनेशनल सर्भिस प्रालिमार्फत २०७४ साउन अन्तिम साता मलेसिया पठाएका थिए ।
 
झण्डै १४ सय रिंगिट तलब हुने आश देखाएर मलेसिया पठाए पनि बिनोेदले आठ सय भन्दा पाउनुभएन । मलेसियाको अजिया सेफ्टीग्लास एस डिएन बिएचडी कम्पनीमा फ्याक्ट्री वर्करमा पठाउन म्यनपावरले बिनोदबाट झण्डै ९२ हजार रुपैयाँ लिएको थियो । त्यसबाहेक अरु सबै खर्च जोड्दा डेढ लाख रुपैयाँभन्दा धेरै खर्च भएको थियो बिनोदको । 
 
तर सम्झौता अनुसारको तलब र काम नपाएपछि बिनोद दुई महिना १७ दिनमा नै घर फर्किनुभयो । फर्किए पछि उहाँले एजेन्टसँग भने अनुसारको काम नभएपछि तिरेको पैसा फिर्ता दिन अनुरोध गर्नुभयो ।
 
तर एजेन्ट तिजेन्द्रले आश्वासनमात्र देखाएपछि उहाँले सुरक्षित आप्रवासन परियोजना(सामी) अर्न्तगत सिरहामा रहेको सूचना केन्द्रमा निवेदन दिनुभयो । जितेन्द्र ठगीएको खबर उज्यालो अनलाइनमा प्रकाशित भएपछि केन्द्रकै पहलमा जितेन्द्रलाई ६० हजार रुपैयाँ फिर्ता गरेका हुन ।
 
Published on: 28 March 2018 | Ujyaaloonline

Back to list

;