s

युएईमा समस्यामा परेकी शोभालाई नेपाल पठाइयो

Year of Publication: 10 August 2019 | Onlinekhabar

Published by: CESLAM

युएईमा समस्यामा परी दूतावासको संरक्षणमा रहेकी एक नेपाली महिलालाई नेपाल पठाइएको छ । झापा सुरुङ्गाकी-३४ वर्षिया शोभा न्यौपानेलाई बिहीबार नेपाल पठाइएको दूतावासले जनाएको छ । रसअलखेमा स्थित एक कम्पनीमा कार्यरत न्यौपानेलाई कम्पनीले तीन महिनादेखि तवल दिएको थिएन। साथै कामबाटै निकालेपछि उनी समस्यामा परेकी थिइन् ।

घर फर्काइदिन कम्पनीसँग आग्रह गर्दा पासपोर्ट अध्यागमनमा बुझाएको जनाउदै ढिलाइ गरेको थियो । कम्पनीले टिकट उपल्बध नगराएपछि उनलाई युएई पठाउने म्यानपावर कम्पनीलाई दूतावासका श्रमसहचारी मोतीराम भुषाल र उद्धारमा संलग्न एनआरएन आबुधाबी क्षेत्रीय समितिका फडिन्द्र ढकाल रोशनले टिकट उपल्बध गराउन आग्रह गरेका थिए । म्यानपावर कम्पनीले टिकट उपल्बध गराएपछि दूतावासले यात्रा अनुमतिपत्र बनाएर एयर अरेवीयामार्फत नेपाल पठाएको हो । उनी एक वर्षअघि काठमाडाैंमा रहेको पर्फेक्ट रिक्वीटिङ्ग सर्भिस प्रालिमार्फत क्लीनर काममा युएई आएकी थिइन् ।

Published on: 10 August 2019 | Onlinekhabar

Back to list

;