s

युएईमा मृत्यु भएका स्याङ्जाका मधुसुधनको शव नेपाल पठाइयो

Year of Publication: 10 August 2019 | Onlinekhabar

Published by: CESLAM

युएईमा मृत्यु भएका एक नेपालीको शव नेपाल पठाइएको छ । गत आइतबार युएईमा मृत्यु भएका स्याङ्जा चापकोट-८ का ४४ वर्षीय मधुसुधन पाण्डेको शव नेपाल पठाइएको हो । पाण्डे ९ वर्षदेखि युएईको लुलु हाइपरमार्केट अल किसेश शाखामा ट्रली सुपरभाइजरको रुपमा कार्यरत थिए ।

गत शनिबार साँझ कम्पनीको काम सकेर कोठामा फर्किएपछि साथीभाइसँगै खाना खाएर सुतेका पाण्डेलाई बिहान असहज महसुश भएपछि सहकर्मीहरुले एम्बुलेन्स बोलाएर अस्पताल पुराएका थिए । अस्पताल पुर्‍याएको आधा घण्टामै उनको मृत्यु भएको थियो । पाण्डेको मृत्युको कारण हृदयघात भएको अस्पतालले जनाएको छ । पाण्डेको शव कानुनी प्रकृया पूरा गरी नेपाल पठाइएको सोही कम्पनीमा कार्यरत पाल्पाली समाज युएईका वेदप्रसाद अर्यालले जानकारी दिए ।

Published on: 10 August 2019 | Onlinekhabar

Back to list

;